२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०९, २०७८

राेल्पा – रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ ।

त्रिवेणी गाउँपालिका-२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।हतियारका सामग्री रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेकाे गुल्मको टोलीले सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

रोल्पामा पटक-पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गएको वर्ष असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबाबका कारण प्रहरीले ती कुरा गोप्य राख्दै आएको छ । रोल्पाका गाउँमा हतियार भेटिएको भए पनि प्रहरीले गोप्य राख्दा दुर्घटनासमेत हुँदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको गुनासो छ ।

‘गएकाे वर्ष त्रिवेणी गाउँपालिका-७ मा बेवारिसे बम विष्फोट हुँदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गयो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले कुनै जानकारी नगराउँदा यी हतियार कहाँबाट आएका हुन् र के कारणले ल्याइएका हुन् भन्ने आशङ्का उत्पन्न भएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]