२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

सर्लाही – सर्लाहीमा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ । जिल्लाको गोडैता नगरपालिका वडा नं.– १२ मधुवनीमा गत जेष्ठ ३ गते सोमबार साँझ ७ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक २२ वर्षीया युवती माथि ३ जना ब्यक्तिहरु द्वारा सामुहिक बलात्कारको प्रयास भएको छ।

स्थानीय गंगा यादवकी छोरी रुचि कुमारी (परिवर्तित नाम) यादव उपर बलात्कारको प्रयास भएको हो ।पिडित युवतीका अनुसार सोमबार अपराह्न ५ बजे गाउँदेखि पुर्व भारतको बोर्डरसम्म (सिमानाका)जाने गोरेटो बाटोको छेउमा रहेको आफ्नो खेतमा काम गर्न गएको र सोही दिन साँझ ७ बजेको समयमा आफ्नो घरतर्फ फर्किरहेको अवस्थामा बाटोमा पहिल्यैदेखि लुकीछिपी बसीरहेका गोडैता नगरपालिका वडा नं. – १२ मधुवनी गाउँ बस्ने महेन्द्र रायको छोरा वर्ष ३५ को सुरेन्द्र राय,सोही ठाउँ बस्ने शिवधारी रायको छोरा वर्ष ४० को जयलाल राय र भारतको विहार राज्य जिल्ला सितामढी थाना मेजरगंज ग्राम पंचायत विश्वम्भरपुर ननकार बस्ने मोतीलाल माझीको छोरा अन्दाजी वर्ष २० को धर्मेन्द्र माझीले रोकेर अभद्र व्यवहार र बोलीवचन दिन थालेको तर उनीहरूको कुरा नसुनी केही नबोली अगाडी बढ्न लाग्दा अगाडीबाट आएर बाटो छेकेर मेरो मन्जुरी बगैर बल जबर्जस्ती चारैतिरबाट घेरा हाली भाग्न उम्कन कुनै मौका नदिई करणी गर्ने नियतले हातखुट्टा समाती मुख थुनेर लछारपछार गरी घिसार्दै नजिकैको आलीको भित्तामा लगेर अर्धनग्न पारेर करणी गर्ने प्रयास गर्न थालेपछि आफुलाई बचाउन जोरजोरले कराउन सुरु गरे पछि खेतम काम गरेर आ–आफ्नो घरतर्फ फर्किरहेका गाउँलेहरु आवाज सुनेर मलाई बचाउन होहल्ला गर्दै ती तीनैजना उपर हमला गरेपछि उनीहरू आफुलाई छाडेर भागेको बताएकी छिन ।

पिडित युवतीले आफुमाथि अमर्यादित यौन दुव्र्यवहार गरि समाजमा रहेको मान सम्मान र ईज्जत प्रतिष्ठामा आँच पुर्याएका ती तीनैजना ब्यक्तिहरुको खोजतलास र पक्राउ गरि कानुनी कार्यवाही गरेर हदैसम्मको दण्ड सजाय गरि क्षतिपूर्ति समेत दिलाउन माग गर्दै शुक्रवार दिउँसो कसुरवार दुईजना स्थानीय र एकजना भारतीय नागरिक उपर सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दरखास्त दिएकी छिन् ।बलात्कारको प्रयासमा संलग्न सुरेन्द्र राय अवैध घरेलु मदिराको कारोबारी रहेको र घरमै सानो होटल चलाएर भारतबाट आउने ग्राहकहरुलाई मदिरा बिक्री गर्ने गरेको स्थानीयले बताएको छ ।

लकडाउनको बाबजुद पारीबाट दिनहुँजसो भारतीय नागरिकहरु सिमाक्षेत्रका गाउँमा आएर अबेर रातीसम्म रक्सी खाएर होहल्ला गर्ने ,मारपिट गर्ने, स्थानीय महिलाहरु उपर अपशब्द प्रयोग गर्ने तथा अभद्र व्यवहार जस्ता कार्यहरु गर्ने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]