
फाईल फोटो
मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिकाका एक पुरुषको सुतिकै ठाउँमा हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार नगरपालिका–३ लोचनीस्थित आफनै घरमा सुतिरहेको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको हत्या भएको हो। प्रहरीका अनुसार उनलाई धारिलो हतियारले प्रहार गरिएको छ। शुक्रबार घटनास्थलमा प्रहरी ऋषिदेवको शव खाटमा रहेको प्रहरीले जनाएको छ।
मोरंग प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार उनको घाँटीको अगाडिको भागमा प्रहार भएको छ। स्थानीय गछिया खोला नजिकको ऐलानी जग्गामा जस्तापाताको छाना र बाँसको टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा ऋषिदेव एक्लै बस्दै आएका थिए।
श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु शुक्रबार बिहान अबेरसम्म पनि घरबाट ननिस्किएपछि साथीहरु बोलाउन पुगेका थिए। साथीहरुले घरभित्र खाटमा रगत्याम्म देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धानमा अघि बढाएको छ।