
काठमाडौं – स्कुटर चोरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका २२ वर्षीय प्रदीप कुमार शाह छन् ।
जेठ ३ मा वीरगञ्ज–२ छपकैया बस्ने रन्जित शाहको नाममा दर्ता रहेको ना.२३ प ८२७१ नम्बरको हरियो रंगको स्कुटी प्रदीपले चोरी गरेको बताइएको छ ।प्रगतिनगरस्थित सडक छेउमा पार्किङ गरेर राखेको स्कुटीको लक फुटाएर चोरी गरिएको थियो । प्रदीपले सो स्कुटर चोरेर सिर्सियास्थित खुसानी शाहको घरमा लुकाएर राखेको अवस्थामा बिहिबार प्रहरीले बरामद गरेको थियो ।
प्रदीपमाथि चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।