२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

काभ्रेपलाञ्चोक – काभ्रेमा श्रीमतीलाई खाल्डोमा पुर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिका–९ गोठपानी कालीमाटीकी २२ वर्षीया सुमिना गुरुङलाई खाल्डोमा पुर्ने उनका श्रीमान २८ वर्षीय सोनाम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोनामले श्रीमतीलाई मकैबारीमा खाडल खनी गाडेर श्रीमती हराइरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई अनुरोध गर्दै आएका थिए । सुमिनाको हराएको खबर पाएपछि माइतीपक्षलगायत आफन्त उनको खोजतलासमा जुटे । खोजतलास गर्ने क्रममा सुमिनाको हत्या गरी मकैबारीमा खाल्डो खनी गाडेको थाहा पाएपछि उनीहरूले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी अनुसन्धान अधिकृतसहित पुगेको टोलीले उक्त स्थानमा खोजतलास तथा उत्खनन गर्दा सुमिनाको शव खाल्डो खनी गाडिएको अवस्थामा फेला पारेको थियो ।बन्दीपुर नगरपालिका–४ लोही माइतीघर भएकी २२ वर्षीया सुमिना गुरुङको चौरीदेउराली गाउँपालिका–९ स्थित गोठपानी कालीमाटीका सोनामसँग केही वर्षअघि मात्रै प्रेमविवाह भएको थियो । आफ्नै श्रीमतीलाई खाडल खनी गाडेको अभियोगमा प्रहरीले सोनामलाई पक्राउ गरेको छ ।

मृतकको लासउपर कानुनी प्रक्रिया पूरा गरी घटनामा संलग्न सुमिनाका श्रीमान् सोनाम र उनका ससुरा ६६ वर्षीय च्यांबा भनिने चन्द्रबज्र लामालाई प्रहरीले ज्येष्ठ ५ गते पक्राउ गरेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान सुरु गरिएको कार्यालयका सूचना अधिकारी खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त घटनाका प्रतिवादीलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]