२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

इजरायल र प्यालेस्टाइनबीच संघर्ष जारी छ । यो विवादमा चीन खुला रुपमा प्यालेस्टाइनको समर्थनमा आएको छ ।

चीनको मिडिया पनि लगातार प्यालेस्टाइनको पक्षमा बोलिरहेको छ । यसैलाई लिएर इजरायली दूतावासले सामाजिक संजालमार्फत चीनको विरोध गरेको छ ।इजरायली दूतावासले पोस्टमा भनेको छ ‘हामी अपेक्षा गर्दछौं कि यहुदहिरुको विश्वमा नियन्त्रण गर्ने सिद्धान्त अब पुरानो भइसकेको छ । योसिद्धान्त एक षड्यन्त्रको रुपमा ल्याइएको थियो । दुर्भाग्यले यहुदी विरोधी अनुहार फेरि अगाडि आएको छ । सरकार नियन्त्रित चीनको मिडियाको खुलेआम यहुदी विरोधी कभरेज चिन्ताको विषय हो ।’

मंगलबार चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कमा होस्ट चेंग चुनफै.गले इजरायललाई अमेरिकाले दिएको समर्थनको विरोध गरेका थिए । यसमा इजरायलले आफ्नो आपत्ति जनायो । त्यसपछि समाचार एजेन्सी एएफपीले पनि चीनको विजदेश मन्त्रालयसँग प्रश्न सोधेको थियो । जवाफमा त्यहाँका प्रवक्ताले आफूलाई जानकारी नभएको बताए । यद्यपि प्रवक्ताले इजरायल र प्यालेस्टाइनको संघर्षको विषयमा चीनको धारणा स्पष्ट रहेको बताए ।यसअघि चीनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको आक्रमण विरुद्ध निन्दा प्रस्ताव ल्याइसकेको छ । तर, अमेरिकाले भिटो प्रयोग गरेर उक्त प्रस्ताव पारित हुन दिएन । अमेरिकाले आफैंले कुटनीतिक रुपले दुई देशबीच संघर्षविराम गराउन प्रयास गरिरहेको भन्दै चीनले ल्याएको प्रस्ताव रोकेको थियो । १५ सदस्यीय सुरक्षा परिषदमा कुनै एक देशले विरोध गरे साझा प्रस्ता पारित हुन सक्दैन ।

चीनले इजरायल र प्यालेस्टाइनबीचको संघर्षमा अमेरिकाको भूमिकामाथि प्रश्न उठाएको छ । चीनको विदेश मन्त्रालयले एक बयान जारी गर्दै इजरायल र प्यालेस्टाइनको संघर्षमा अमेरिकाको भूमिकालाई निराशाजनक भनेको छ । चीनको विदेश मन्त्रालयले के यही मानवअधिकार हो ? भनेर प्रश्न गर्दै प्यालेस्टाइन पीडित हुँदा अमेरिकाले विश्वलाई के सन्देश दिन चाहेको भन्ने प्रश्न उठाएको छ । चीन इजरायल र प्यालेस्टाइन दुवै पक्षबाट संघर्षविराम हुनुपर्ने अपिल गरेको छ ।साउदी अरेबिया, टर्की, पाकिस्तान, चीन समेत कैयौं देशले प्यालेस्टाइनलाई अलग देश बनाउन माग गरेका छन् । यी सबै देशहरुले स्थायी समाधानमा लागि प्यालेस्टाइन एक स्वतन्त्र मुलुक बन्नुपर्ने बताएका छन् । उनीहरुले यसको राजधानी पनि जेरुसेलम हुनुपर्ने भनेका छन् । उता इजरायलको पक्षमा भिटो प्रयोग गरेको अमेरिकाले इजरायललाई युद्ध रोक्न भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फोनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गर्दै संघर्षविरामका लागि ठोस कदम उठाउन भनेका थिए । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक अन्तरवार्तामा प्यालेस्टाइन र हमासमाथि आक्रमण नगर्ने प्रस्ट पारेका थिए । उनले भनेका थिए ‘यी आक्रमण त्यतिबेलासम्म बन्द हुँदैनन जबसम्म हामी हमासलाई नष्ट पार्दैनौं किनकि यसो नगरी शान्ति सम्भव छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]