३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – श्रद्धा, भक्ति र सम्पूणर् तराईको साझा सांःकृतिक प्रतिबिम्बको?पमा मनाइने छठ पर्व यस वर्ष कोरोना महामारीका बिच पनि त्यसको
सम्पुणर् तयारी पुरा भएको छ ।

छठ पर्वको तेश्रो दिन शुक्रबार अःताउँदो सूर्यलाई अर्घ दिँइदैछ। यसका लागि जिल्लाका विभिन्न जलाशय तथा पोखरीह? अन्य वर्ष झै यस वर्ष पनि बेहुली झै सजाइएको छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ। आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

यसैक्रममा सप्तरीको राजविराजःिथत भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, मुसहरी पोखरी, तुरन्ति पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिएको छ । यःतै भारदहःिथत कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहा सहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुह?ले छठ पर्व मनाउँदै छन् । यो पर्व आइतबारदेखि विधिवत रुपमा सुरु भएको हो । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा-अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अःताउन थालेको र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्छन् । यःतै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । व्रतालुहरु यो दिन दिनभरि उपवास बःने गर्छन् । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ। सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदःयहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको
छ। पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अःताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ । सु?मा तराइवासीहरूले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]