२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

सप्तरी – सप्तरी अदालतबाट जन्मकैदको सजाय पाई फरार रहेका अभियुक्तलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ४ का जोगेन्द्र मण्डलको हत्या गरेको ठहर गर्दै अदालतले सोही ठाउँका कारी सदालाई जन्मकैदको सजाय सुनाएको थियो ।सदालाई आइतबार उहाँकै गाउँबाट पक्राउ गरेको जिल्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । २०५१ फागुन २० गते रामलीला कार्यक्रम हेर्न गएको बेला झगडा हुँदा सदाले आफ्नै गाउँका जोगेन्द्र मण्डलको हत्या गरेका थिए ।जिल्ला अदालत सप्तरीले २०५४ साल माघ २२ गते हत्या गरेको पुष्टि गर्दे जन्मकैदको फैसला गरेको थियो । तत्कालीन पुनरावेदन र सर्वोच्च अदालतले पनि जिल्लाको फैसलालाई सदर गरेका थिए ।

सोमबार अदालतमा उपस्थित गराई सदालाई तत्कालै कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी काफ्लेले बताउनु भयो ।पछिल्लो समय सप्तरी प्रहरीले फरार अपराधी पक्राउ गर्ने अभियान चलाएसँगै चालु आर्थिक वर्षको हालसम्म ९ सय ९ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]