२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।नातामा मामा भान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]