२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – कोरोना संक्रमणको कारण पोखराको विभिन्न अस्पतालमा तीन जनाको मृत्यु भएको छ।

पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकरएकजनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए।

पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार बिहान मृत्यु भएको उनमा कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिहीबार बिहान मृत्यु भएको हो। श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट पीडित उनमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो। उनमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]