१४ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

बर्दियामा स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

राजापुर नगरपालिका–४, सत्तीघाटबाट सो रकमसहित कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट एकथान ल्यापटप, एकथान मोबाइलसहित सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]