०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

सप्तरी – संघीय संसदका १९ जना सदस्य (सांसद)मा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।

वैशाख २२, २३ र २४ गते संकलन गरिएका स्वाबको परीक्षणका क्रममा १९ जना सांसदमा संक्रमण देखिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमण देखिएकामध्ये १८ जना प्रतिनिधि सभाका सदस्य छन्। यस्तै, १ जना राष्ट्रिय सभाका सदस्य छन्। सांसद बाहेक संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी समेत गरी अन्य १४१ जनामा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि सांसद सहितमा कोरोना परीक्षणका लागि वैशाख २२, २३ र २४ गते गरी १ हजार २ सय ३५ जनाको स्वाब संकलन गरिएको थियो।

स्वाब संकलन गरिएकामध्ये २०५ जना सांसद थिए भने अन्य १ हजार ३० जना संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]