०६ आषाढ २०७८, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

मुम्बई – कोरोना भाइरसको बढ्दो लहरले भारतीय कलाकारहरुलाई आफ्नो चपेटामा लिने क्रम रोकिएको छैन ।

अहिले आएर अभिनेत्री कंगना रनौत पनि संक्रमित भएकी छिन् ।उनले इन्स्टाग्राममा एउटा पोस्टमार्फत आफ्नो कोभिड टेस्टको रिपोर्ट शेयर गर्दै आफू संक्रमित भएको घोषणा गरेकी छिन् ।

त्यसका साथै कंगनाले आफ्नो पछिल्ला स्वास्थ्य अवस्थाका बारेमा समेत अपडेट गरेकी छिन् ।कंगनाले ध्यानमा लीन आफ्नो तस्बिर शेयर गर्दै आफूलाई संक्रमण पुष्टि भएको खबर दिएकी हुन् ।

उनी लेख्छिन्–‘मलाई पछिल्लो केही दिनदेखि थकान तथा कमजोरी महसूस भइरहेको थियो भने आँखा पनि पोलिरहेको थियो । हिमाञ्चल जाने बारेमा सोचिरहेकी थिएँ, त्यसैले आज मैले टेस्ट गरें, त्यसपछि नै आफू कोरोना पोजिटिभ भएको थाहा पाएँ । त्यसपछि मैले आफूलाई क्वारेन्टिन गरेकी छु । मलाई थाहै थिएन, यो भाइरसले मेरो शरीर भित्र पार्टी गरिरहेको रहेछ, अब जब मैले यो कुरा थाहा पाएँ, यसलाई म समाप्त पारेर छाड्ने छु । साथीहरु, कृपया कसैलाई पनि आफूलाई जित्ने शक्ति नदिनु होला । यदि तपाईं डराइरहनु भएको छ भने यसले तपाईं अझ बढी डराउने छ । आउनुहोस्, कोभिड–१९ लाई समाप्त पारौं । यो केही होइन, केवल एउटा छोटो समयको फ्लू हो, जसलाई अत्यधिक एटेन्सन मिलेको छ र अहिले मानिसहरुलाई आतंकित बनाइरहेको छ । हर हर महादेव ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]