३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २४, २०७८

अवैध रुपमा सुन अयात गरेको भन्दै राजस्व अनुसन्धन विभागले भारतीयसहित नेपालीविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले भारतीय अब्दुल मजिद अनेकल, लुख्मानुल हाकिम र नेपाली इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्न प्रालिका सञ्चालक राजेश गुरुङसहित भैरब स्टोर्सका सञ्जिव श्रेष्ठ र शंकर घिमिरेविरुद्ध मुद्दा दायर गरेको हो।

जिल्ला प्रहरी कार्यालय हेटौँडाको प्रहरी टोलिले चेकजाँचको क्रममा हेटौँडा उपमहानगरपालिका स्थित रातोमाटे चेकपोष्टमा विना विल विजक लुकाई छिपाई बसमा लैँजादै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला भई अनुसन्धान गर्दा यी व्यक्ति सलन्न रहेको पाइएको विभागले जनाएको छ।

विभागले भारतीय दुई सहित राजेश गुरुङको हकमा दुई अर्ब ४३ करोड ४६ लाख, यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्न प्रालिका सञ्चालक राजेश गुरुङको हकमा थप चार करोड ३० लाख, भैरब स्टोर्सका सञ्जिव श्रेष्ठको हकमा चार करोड ५६ लाख र कामनपा–२ बस्ने शंकर घिमिरेको हकमा चार लाख २९ हजार विगो मागदाबी गर्दै उच्च अदालत हेटौँडामा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]