०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

काठमाडौं – रेमडिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको हो।

उनलाई बसुन्धाराबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ। कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर रफिकले दीपक ढकालले महाराजगञ्ज टिचिङ अस्पताल अगाडि सञ्चालन गरेको सेवक फर्माबाट किनेर महँगोमा बेच्ने गरेको प्रहरीले जनाएको छ। दीपक र रफिकले मिलेमतोमा कालोबजारी चलाएको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए।

२४ हजार भारु पर्ने रेमडिसिभिरलाई रफिकले १ लाख २० हजार रुपैयाँमा बेच्ने गरेको एसपी पंगेनीले बताए। पक्राउ परेका रफिकबाट ६ सेट रेमडिसिभिर बरादम भएको छ। ६ सेट रेमडिसिभिरको २४ हजार भारु पर्ने जनाइएको छ।ढकाल भने फरार भएकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]