
काठमाडौं – कोरोना भाइरसको संक्रमण भएका एक युवकले आत्महत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलका अनुसार चितवनको माडी नगरपालिका वडा नं. ३ बगैंचा टोलका ३५ वर्षीय युवकले बुधबार राति झुन्डिएर आत्महत्या गरेका हुन्। उनी आफ्नै घर पछाडिको गाई गोठमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही गोठमा आइसोलेनसमा राखिएको थियो।