२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २२, २०७८

बाजुरा – १४ वर्षीया बालिकामाथि पेट्रोल छर्की आगो लगाएर फरार रहेका दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा त्रिवेणी नगरपालिका–९ मलालगाउँ की १४ वर्षीया परिर्वतन (नाम मालिका १६) सभ्यता बुढाको शरीरमा पेट्रोल छर्कि आगो लगाएर उनीहरु फरार भएका थिए। उक्त घटनाका फरार दुईजना फरार व्यक्तिलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साही नगरपालिका ८ कालापानीका १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २० गते साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए ।फरार दुबैजना त्रिबेणी नगरपालिका ८ बुढीगंगा नदी किनारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रमुख महराले बताए । घाइते बालिकाको शरीरको बाया भागको ढाड र कम्मर जलेको छ। बालिकाको जिल्ला अस्पतालमा उपचारपछि अभिभावकको जिम्मा लगाएको प्रहरी प्रमुख महराले बताए । बालिकाको शरीरमा आगो लागेको अन्य मानिसले देखेपछि आगो निभाएका थिए ।

पीडित बालिकाका काका संजय बुढाले दिएको उजुरीका आधारमा मंगलबार नै जिल्ला अदालत बाजुरामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाजुराले मंगलबार दुबैजनालाई बालबालिकासम्बन्धी ऐन २०७५ बमोजिम ५ दिनको म्याद थपगरी अनुशन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]