
बोरामा राखेर फालिएको अवस्थामा जनकपुर सडक किनारमा एक पुरुषको लास फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित ६ लेन सडकको किनारमा रहेको आँप बगैँचामा बोरोमा पुरुषको शव फेला परेको हो ।अन्दाजी ५०।५५ वर्षीय पुरुषको शव बोरामा पोको पारेर फालेको अवस्थामा मंगलबार भेटिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले के छ खबरलाई जानकारी दिए । घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको, शरीमा अन्य कतै कुनै डाम नदेखिएको उपरीक्षक राणभाटले बताए । राति नै बोरामा हालेर कसैले लास फालेको हुन सक्ने शवको प्रकृतिले देखिएको छ ।
घटनास्थलको विशेष तालिम प्राप्त कुकुर लगेर अनुसन्धन पश्चात शवलाई पोस्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक राणाभाटले बताए ।