१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

काठमाडौं – बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेयले पूर्व डिएसपी खिउजुले सफाइ पाएको जानकारी दिए । श्रेस्तेदार पाण्डेयले भने–‘सफाइ भएको छ तर, फैसलाको पूर्णपाठ तयार भैसकेको छैन् ।’महानगरीय प्रहरी वृत चापागाउँमा कार्यरत रहँदा खिउजुले पुलिस रिपोर्ट बनाउन गएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । ०७५ माघ ३० मा ललितपुर महांकाल घर भएकी २१ वर्षीया युवतीले आफुलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको आरोप लगाएर उजुर गरेकी थिइन् ।

बलात्कारको जाहेरी दर्ता भएपछि भागेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले ०७६ फागुन २१ मा पक्राउ गरेको थियो । अदालतको आदेशले उनलाई पुर्पक्षका लागी थुनामा राखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]