२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १९, २०७८

कोरोना भाइरस सङ्क्रमणका कारण गएको २४ घण्टामा प्रदेश १ मा एक भारतीयसहित चार जनाको मृत्यु भएको छ । धरान र विराटनगरका कोभिड विषेश अस्पतालमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय नागरिकको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए ।कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उनले बताए ।यता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताप्लेजुङका ५९ बर्षीय पुरुष मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले दीर्घरोगी समेत रहेका मृतकलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो भने १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]