१४ चैत्र २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०२, २०७७

सप्तरी – देशभर हिजोबाट चिसो बढेको छ । हिजो दिउँसो काठमाडौं आसपासका क्षेत्रमा फाटफुट वर्षा समेत भएको थियो । पश्चिमका हिमाली भेगमा हिमपात पनि भएको छ।

मंगलबारदेखि भने काठमाडौं उपत्यकामा घाम पनि लागिरहेको छ । मंगलबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

पश्चिमी वायुको प्रभावले आगामी दुई दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का तराईका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]