
यातायात ब्यवस्था कार्यालय लाहान सिराहामा मोटरसाइकल,कारजिप ,लगाइतका लाइसेन्स बिक्रि भैरहेको हुदा पनि अख्तियार मौन रहेको छ।
अहिले कोभिड १९ माहामारी भैरहेको हुदा वास्ता नगरीकन धमाधम ट्राइल लिइ रहेकोछ ।प्रदेश का भौतिक यातायात मन्त्री जितेन्द्र सोनेल र कार्यालय प्रमुख मीन भट्टराई को मिलोमतो मा लाइसेन्स बिक्रि वितरण भैरहेको छ। कार्यालय प्रमुख उप सचीव दरबन्दी रहेको ठाउँमा करिब ५ बर्ष देखि शाखा अधिकृत ले चलाइरहेका छन।कार्यालय प्रमुख अफिस न आइकन चलाइरहेको छ भन्ने सेबाग्रही को काम बिना घुश कुनै काम पनि नहुने गरेको छ ।कार्यालय प्रमुख नहुदा नायब सुब्बा बिजय दाहालले कार्यालय चालाउने गरेको छ।दाहाल पनि करिब ६/७ बर्ष देखि लाहान यातायात रहेको छ । ट्राइल सेन्टर मा ट्राफिक नियम अनुसार सिसि क्यामरा जडान हुनु पर्ने मा सिसि क्यामरा जडान नगरी ट्राइल लिने गरेको छ।
साथै ३०० जना सहभागी भयेको मा पास हुन्छन् ५/१० जना तर लाइसेन्स पास गर्छन २५०जना लाई पैसा लियेर लाइसेन्स दिनेगरेको छ।सोही कार्यालयमा कार्यरत इन्जिनियर नितेशवर राय यादवले सहमति बिपरित चेकजाँच पास नगरीकन पर्ती गाडीको १५हजार देखि २०हजार लिने गरेको छ साथै कारजिपको पनि अञ्चलिकरण नियम बिपरित काम २५हजार लिएर गरिरहेका छन् यता तिर पनि सम्बन्धित निकायको ध्यान जाओस।