
सप्तरी – पछिल्लोपटक सप्तरीमा अवेध लागू अाेषध अाेसार पसार गर्ने युवाहरुकाे सङ्ख्यामा बृद्धि भएको छ ।
साेहि क्रममा सप्तरीबाट लागुऔषधसहित दुईजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.७ कनकटा बस्ने २८ बर्षीय अभिमन्युकुमार र राजविराज नगरपालिका वडा न.–८ बस्ने ४३ बर्षीय गज्जु दास रहेका छन् ।भारतबाट लागूऔषध ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि भाग्दै गरेका मोटरसाइकलको पिछा गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयाे ।
सप्तरीकाे राजगढ गाउँपालिका वडा न.–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा भारतबाट आउँदै गरेको दुई जना सवार स. ४प ३४९७ नम्बरको मोटरसाइकल भागेपछि प्रहरीले पिछा गर्दै पक्राउ गरेको उहाले जानकारी दिनुभयाे ,यता उनीहरुको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ ।
उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको लक्ष्मीकुमार मण्डलको र बोधनी देवीको नामबाट जारी भएको नागरिकता समेत बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।