२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १७, २०७८

सप्तरी : दाङ बेलझुण्डीकाे कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामै राखेर उपचार गर्नुपर्ने अवस्था अ‍ाएकाे छ । बेडकाे अभाव भएपछि बरन्डा, कोलिया र भुईंमा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना गरिएकाे प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमताभन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भुईंमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।

ओलीकाअनुसार अस्पतालको बरान्डामा अहिले ६ जना बिरामीहरूको उपचार भइरहेको छ । प्रदेशस्तरीय कोरोना अस्पताल बेलझुण्डी कोरोना विशेष अस्पताल बिरामीले भरिएपनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन ।

पटक-पटक अस्पतालकाे क्षमता बढाउने निर्णय भएपनि जनशक्तिको व्यवस्थापन हुन सकेकाे छैन । अहिले अस्पतालमा ४२ शैयामा चलिरहेको छ ।

अस्पतालको आन्तरिक व्यवस्थापनमा २५ बेडबाट ४२ बेड पुर्‍याएर उपचार गरिरहेकाे भएपनि कोरोनाका बिरामी दिनप्रतिदिन थपिदा बिरामीलाई भुईँमै राख्नुपरेको ओलीले बताए । “अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु,” उनले भने, “यो समस्या पटक-पटक माथिल्लो निकायलाई जानकारी गराउदा समेत सुनुवाइ भएको छैन ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]