२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १६, २०७८

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् ।मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति बजेतिर मृत्यु भएको हो ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केहि दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोसी कोभिड अस्पताल लगेका थिए।त्यस्तै, झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले सङ्क्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको उनको भनाइ छ । बुधबार साँझबाट सङ्क्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको जानकारी राजवंशीले दिए ।यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो बेलुकी मृत्यु भएको छ ।

सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार प्रतिष्ठानमा बैशाख १० गते भर्ना गरिएको ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।मृतक पुरुषमा हिजो बिहान मात्र उनलाई संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]