२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १६, २०७८

बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्‍चालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाका बीचमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २:३० बजे मृत्यु भएको थियो भने २:४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसैगरि ३ बजे मायादेवी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । उनीहरु दुई जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो । आजबाट रुपन्देहीमा लकडाउन शुरु भएको छ । यहाँ १ हजार ८ सय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]