२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

सुर्खेत – निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले मजदुरहरूलाई कुटपिट गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोक नजिकै तीनजना मजदुरमाथि प्रहरीले लाठी बर्साएको हो । वीरेन्द्रनगर-४ रेडियो नेपालनजिक बस्दै आइरहेका शिव नेपालीसहित तीनजनालाई बिहानै प्रहरीले लाठी वर्षाएको हो ।

‘पलाटे चोक र यरिचोकको प्रहरीले मजदुरलाई जान छुट छ भनेको थियो । त्यही अनुसार बुलबुलेनजिकै ज्याला मजदुरी गर्न जान लाग्दा भ्यानबाट प्रहरी ओर्लेर प्रहरीकै अनुमतिमा आएको भन्दाभन्दै लाठी बर्सायो’शिवले भने, ‘श्रीमती मानशोभा नेपाली, अजय गिरी र मलाई बेस्सरी पिट्यो ।’

‘काम गर्न दिन्छन् कि भन्ने लागेर हामी घरबाट निस्केका थियौं । चोकमा खटिएका प्रहरीलाई सोध्दा काम गर्न जानुहोस् भनेर उहाँहरूले भन्नु भएको हो ’, उनले भने ।

दुई छाक टार्न काम गर्नैपर्ने बाध्यता भएको भन्दै आफूहरूलाई रोगभन्दा भोक ठूलो भएकोले काम गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरूको माग छ ।

यसबारे बुझ्न खोज्दा सुर्खेत प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्टको फोन उठेन ।
सम्भार :नेपाल प्रेस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]