२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ ।

आफ्नै छोरीको हत्या गरेको अभियोगमा ४५ वर्षीय तुरन्तलाल बडहीलाई मंगलबार सप्तरी जिल्ला अदालतले जन्मकैद सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले बडहीलाई जन्मकैदको सजाय भएको छ भने फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

यस्तो छ यथार्त

प्रहरीका अनुसार १६ वर्षीया सरीताकुमारी बडहीले भारतमा दिदीका देवरसँग प्रेम गर्थिन् । तर घरपरिवारलाई भने त्यो स्वीकार्य थिएन् । यद्यपी, सरीताले प्रेमीसँगै विवाह गर्ने अडानमा थिइन् ।

आवेगमा आएका बुवाआमाले सरीतालाई कुटपिट गरे । सोही क्रममा ०७५ माघ १४ गते सरीताको मृत्यु भएको थियो । मृतकको शरीरमा चोटपटक निलडाम समेत लागेको अवस्थामा घरमा भेटिएपछि ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी टोलीले दोस्रो दिन नै तुरन्तलाललाई पक्राउ गरे ।

०७५ फागुन ११ गते जिल्ला अदालतकै आदेशले तुरन्तलाल पुर्पक्षका लागि राजविराज कारागारमा राखेर ईलाका प्रहरी कार्यालय कडरबोनाले थप अनुसन्धान थालेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]