२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १३, २०७८

सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने सप्तरीकाे राजविराज नगरपालिकाका ११ वटा निजी विद्यालयका प्रिन्सीपल पक्राउ परेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ जना प्रिन्सीपलहरुलाइ पक्राउ परेका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी फण्रिन्द्रमणी पोखरेल र राजविराज नगरपालिकाका मेयर शम्भु यादवको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमणको क्रममा संचालनमा रहेको विद्यालयका प्रिन्सीपललाई पक्राउ गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे। पक्राउ पर्नेहरुमा सप्तरीकाे राजबिराज नगरपालिका वडा न.८ घर भई लक्ष्मी ईंकलिस बोडिं स्कुलका संचालक बर्ष ३८ को राजेश कुमार यादव , राजबिराज न.पा.८ बस्ने ऐ.ऐ. स्कुलका संचालक बैधनाथ कुमार झा, साेहि ठाउँ बस्ने ऐ. स्कुलका संचालक बुलन्द साह, राजबिराज न.पा.५ बस्ने ह्यापी ल्याण्ड मा.बि.का संचालक शैलेन्द्र कुमार ठाकुर ., साेहि ठाउँ बस्ने जानकी सेकेन्डरी स्कुलका शिक्षक हरी किसुन राम,साेहि ठाउँ बस्ने एन्जल बोडिङ स्कुलका संचालक नरेन्द्र प्रसाद देव , वडा न.०२ बस्ने पिस जोन स्कुलका संचालक उमाकान्त साह , वडा न.०१ बस्ने सृजना सेकेन्डरी बोडिङ स्कुलका शिक्षक रिमा झा , वडा न.०२ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामन्त देव , साेहि वडा न.०१ बस्ने ग्रिन ईंगलिस बोडिङ स्कुलका शिक्षक मनोज यादव र बिष्णुपुर गा.पा.वडा न.०६ बस्ने सिब्स बोडिङ स्कुलका संचालक नरेश साह रहेका छन ।

यता पक्राउ परेकाहरुलाइ हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]