
काठमाडौँ – देशभरका विद्याथीलाई जतिसक्दो कोभिड खोपको व्यवस्था गर्न माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले माग राखेका छन् ।
शनिबार कैलालीको अत्तरियामा बसेको सुदुरपश्चिम प्रदेशको बैठकमा उनले यस्तो माग राखेका हुन् ।बैठकको प्रमुख अतिथिका रुपमा सहभागी भएका तामाङले मुलुक कोभिड आक्रान्त भएको बेला सरकार आफ्नो आयुको लम्याउन याचना गरिरहेको बताए ।
उनले भने, ‘देशका सिमा नाका असुरक्षित छन्, सीमा लक गरिएको छैन, यसले गर्दा सुदुरपश्चिमसहित देशभरका नागरिकको सुरक्षा जोखिममा परेको छ ।’देशभर दुई महिने संगठन सुदृढीकरण अभियान घोषणा गरेको क्रान्तिकरीले सातवटै प्रदेशमा भेला बैठकलाई तिब्रता दिएको छ ।