०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

दैलेख – दुल्लु नगरपालिका–२ नाउलेकटुवालस्थित वडापोखरामा एकै परिवारका सबै सदस्य कोरोना संक्रमित भएका छन्।

उक्त घरका ३८ वर्षीय व्यक्तिको भारतमा कोरोना संक्रमित भई जन्मथलो फर्केपछि हालै ज्यान गएको थियो। उनका ३५ वर्षीया श्रीमती, १३ र १४ वर्षका छोराहरू, तीन जना हजुरबुवा, दुई काका र एक छिमेकीसहित नौ जनालाई कोरोना लागेको हो। ती पुरुषका परिवार र छिमेकीसहित २५ जनाको शुक्रबार एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए। भारतमा कोरोना संक्रमण भएको तर ढाँटेर अघिल्लो साता गाउँ फर्किएका ती पुरुषको दुल्लु अस्पतालमा निधन भएको थियो। ती पुरुषले घरपरिवार र अस्पताललाई आफू भारतमै कोरोना संक्रमित भएकाबारे बताएका थिएनन्। परिवारका सदस्यले घरबाट अस्पतालसम्म पुर्‍याएका थिए। दुल्लुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो।

तर, परिवारले सुर्खेत लैजान नपाउँदै उनको मृत्यु भएको थियो। आफन्त र परिवारले उनको शव घर पुर्‍याएका थिए। उनलाई कोरोना पुष्टि भएको थाहा पाएपछि मात्र परिवार, छिमेकी र आफन्त सशंकित बनेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]