३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

काठमाडौँ – नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि उचालेको हो।

नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो। टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो।

नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए। ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाए भने मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए।

यस्तै दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाए। उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले तीन चौका र २ छक्काको मद्दतमा ३३ र आशिफ शेखले एक चौका र २ छक्कासहित १६ जोडे।

बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए।

२३९ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। उसका लागि सेबास्टिएन ब्राटले २६, म्याक्स् ओ’डोडले २२ र कप्तान पिटर सिलारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए।

टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सबैभन्दा फराकिलो जित हो। यसअघि नेपालले भुटानलाई १४१ रनले हराएको थियो।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]