२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

एजेन्सी – भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक रहेको नेती उपत्यकाको चमोलीको जोशीमठ भन्ने स्थानमा हिजो हिमताल फुटेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले आज साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ ।बोर्डर रोड अर्गनाइजेसनका कमाण्डर कर्णेल मनिष कपिलले यो क्षेत्रमा भारतले सडक निर्माणको काम जारी राखेको र सो क्षेत्रमा अहिलेसम्म कोही पनि हताहत नभएको बताउनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।जोशीमठ–मलारी सडकखण्ड भने हिउँले ढाकिएको छ । त्यसैले केही व्यक्तिहरू फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले हिमताल फुटेको सूचना आएकाले सतर्क रहन सूचना जारी गर्नुभएको छ ।कुनै अप्रिय घटना नहोस् भनेर केही परियोजनाहरुमा रातिको समयमा काम नगर्न निर्देशनसमेत दिइएको उहाँले जानकारी दिनुभयो । यसअघि उत्तराखण्डमै हिमताल फुटेर अलनन्दा नदीमा आएको बाढीमा परी ५० जनाको मृत्यु भएको थियो केही बेपत्ता छन् ।

यो घटनामा केही नेपाली मजदुरहरु पनि परेका छन् । भारतमा रहेका १० हजारभन्दा धेरै हिमतालमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]