२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८
Sorry No Photo is selected hare

सल्यानमा आपसी विवादमा काका-भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ।

कालीमाटी गाउँपालिका-१ हिङनाउरे गाउँका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएको हो। गएराति ९ बजेतिर उनीहरूबीच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए।‘कान टोकेर पूरै छिनालिएको छ, कान खोज्दा पनि भेटिएको छैन,’ उनले भने, ‘भतिजोलाई सोध्दा मैले खाइदिएँ भन्छ।’

पीडित धनबहादुर कुँवरको काप्रास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ। छिनालिएको कानको भागबाट रगत रोक्नका लागि टाका लगाइएको यादवले बताए। यादवका अनुसार सामान्य उपचारपछि उनी आफैं जाहेरी दिन ईलाका प्रहरी कर्यालयमा पुगेका छन्।पीडित धनबहादुरले करिब ५/६ वर्ष पहिले पीडक खीमबहादुरका बुवाको कान टोकेर छिनालेको भन्ने खुलेको प्रहरीले जनाएको छ।

‘त्यो घटना केही वर्ष पहिले भएको रहेछ, अहिले भने बाख्राको विषयमा विवाद भएपछि उनले पनि कान खाइदिएको हो भन्ने आएको छ,’ प्रहरी निरीक्षक यादवले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]