०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

काठमाडौं – बसन्तकालिन आरोहण खुला भएसँगै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पहिलोपटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आरोही दलका एकजना सदस्यमा भाइरस पुष्टि भएको आउटसाइड म्यागजिनले उल्लेख गरेको छ । तर, भाइरस संक्रमणबारे पर्यटन विभागले औपचारिकरुपमा उल्लेख गरेको भने छैन ।भाइरस संक्रमण पुष्टि भएका एकजना सदस्यलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी काठमाडौं ल्याइएको छ । ती आरोहीमा संक्रमण पाइएपछि उनको आरोही दलका अन्य सदस्यलाई आधार शिविरस्थित क्वारेन्टिनमा राखिएको जनाइएको छ ।आउटसाइडर म्यागजिनका सगरमाथा संवाददाता एलन आर्नेटी भन्छन्, ‘१७ हजार ६०० फिट उचाइमा रहेको बेस क्याम्पमा रहँदा इम्युन प्रणाली प्रभावित हुने गर्छ । जोखिम निकै छ त्यहाँ । भाइरस हुँदाहुँदै सगरमाथा चढ्नु जुवा खेलेजस्तै हो ।’

हिमालयन रेस्क्यु एसोसिएसनकी चिकित्सक डा। संगीता पौडेल सगरमाथामा भाइरस पुष्टि हुनु भूकम्प गएजस्तै परिस्थिती हुने बताउँछिन् । कोरोनाभाइरस महामारीको कारण गतवर्ष बन्द भएको आरोहण यसपटक खुला गरिएपनि पुनः नेपालमा भाइरसको दोस्रो लहर सुरु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]