०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा. सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ ।

फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए । ‘हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ,’ रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।’बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगतदेखि नै अन्धोपन हटाउने अभियानमा काम गरिरहेका छन् । डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कोहलीले बताए । ‘कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नुबराबर हो, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’ कोहलीले भिडियो सन्देशमा भने ।

पाँच वर्षभित्र चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य

फाउन्डेसनले सन् २०२६ भित्रै चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । पहिलो दुई वर्षमा मात्रै डेढ लाख मोतीबिन्दु शल्यक्रिया गरिने पनि फाउन्डेसनले जनाएको छ । यो कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँखा अस्पताल, दाङ, फत्तेवाल आँखा अस्पताल बाँके, जानकी आँखा अस्पताल जनकपुर र सुर्खेत आँखा अस्पतालमा गरी दुई हजारजनाको शल्यक्रिया भइसकेको जनाइएको छ ।

‘हामीले अहिल्यै नेपालमा वार्षिक ३० हजार र भारतलगायत दक्षिण एसियामा गरी ८० हजार बिरामीको शल्यक्रिया गर्ने प्रण गरेका छौँ,’ डा. रुइतले भने, ‘फाउन्डेसनको लक्ष्य भनेकै लाखौँ विपन्नको उपचार गरी पुनज्र्योति प्रदान गर्नु हो ।’ यसले धनी र गरिबबीच उपचारमा हुने विभेद अन्त्य गर्ने लक्ष्य लिएको पनि कार्यक्रममा जानकारी दिइयो । यो कार्यक्रम जहाँ–जहाँ सञ्चालन हुन्छ, ती स्थानमा स्थानीय प्राविधिकलाई प्रशिक्षण दिएर स्थायी सामुदायिक अस्पतालको सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत लिइएको छ ।

हाल विश्वमा अन्धोपनको प्रमुख कारण मोतीबिन्दु हो । हाल विश्वका नौ करोड जनसंख्यालाई मोतीबिन्दुको समस्या देखिएको छ । त्यसमध्ये दुईतिहाइ मानिस मोतीबिन्दुको शल्यक्रियाको पहुँच नभएका गरिब देशमा बसोवास गर्छन् । शल्यक्रियाको पहुँच नभएको समुदायमा कार्यक्रम विस्तार गरिने कोहलीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]