
सप्तरी – अदालतले कैद सजायको फैसला सुनाएको ५ वर्षपछि सप्तरी साबिक दौलत गा बि स वडा नम्बर ५ हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ६ का फेकु राम पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कडेर्बोना सप्तरी नेत्रृत्वको टोलीले सोमबार बिहान ६५ वर्षीय फेकु रामलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार साबिक गाविस दौलत वडा नम्बर ५ र हालको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ घर भएका राम आफूविरुद्ध मुद्दा चल्ने पक्का भएपछि २०७३ सालबाट फरार थिए ।
ईलाका प्रहरी कार्यालय कडेर्बोना सप्तरी नेत्रृत्वको टोलीले सोमबार बिशेष सूचनाका आनुसार घरमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।