०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

काठमाडौं – जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ ।

पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरे ।नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको अगुवाइमा जापानको कितानागोया शहर अवस्थित मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले बताए ।कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त भइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरिएको उनले बताए ।

मास्कले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताउँदै, नगर प्रमुख जीसीले नेपाल–जापानबीच सुमधुर सम्बन्ध रहेको र जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]