२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ । पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।

लकडाउन घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । लकडाउन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लागू हुनेछ ।’उनले लकडाउनको समयमा गरिबहरुमाथि निकै अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले दिल्ली छाडेर नजान आग्रह गरेका छन् । उनले पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित देखिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताए । मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो ।

एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।’ लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]