३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार १ सय बढी कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जना संक्रमितको मृत्यु भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा ६८ हजार ६ सय बढी थपिएका छन् । महाराष्ट्रमा हिजो ५ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।महाराष्ट्रको मुम्बईमा एकैदिन ५३ जनाको मृत्यु भएको छ । त्यहाँ रात्रीकालिन कफ्र्यु जारी रहेकै बेला पूर्ण रुपमा लकडाउन गर्नुपर्ने माग समेत उठ्न थालेको छ । यस्तै राजधानी नयाँ दिल्लीमा हिजो एकैदिन १ सय ६१ जनाको कोरोनाका कारण मृत्यु हुँदा २५ हजार ४ सय बढी संक्रमित थपिएका छन् ।

नेपालको सीमा जोडिएको राज्य उत्तर प्रदेशमा एकैदिन ३० हजार ५ सय बढी कोरोना संक्रमित थपिँदा १ सय २९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ७८ हजार ७ सय बढीकोे मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७ सय बढी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]