०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

वीरगन्ज – वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । ज्वरो , खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार नै दिउँसो नारायणी अस्पताल भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए । यसअघि गत बिहीबार पनि नारायणी अस्पतालमै वीरगन्ज २ की ४२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।

गत मङगलबार पनि नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरी २ जना संक्रमितको मृत्यु भएको थियो । सोमबार पर्साका १ जना संक्रमित पुरुषको चितवनको भरतपुरमा मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरी ५ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]