०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३३ जनाको पीसीआर परीक्षणमा ७६८ र ६७१ जनाको एन्टिजेन परीक्षणबाट ७५ गरेर थप ८४३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जनाले कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ७५ पुगेको छ ।

शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार शनिबार नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।

शनिबार २२६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रदेश नं १ र २ मा दुई÷दुई, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् ।

यस्तै प्रदेश १ मा एक, बागमती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]