२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

विराटनगर – मोरङको केराबारी गाउँपालिका–७ स्थित विवाह घरमा भएको आक्रमणको घटनामा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

करिब डेढ महिनाअघि गाउँपालिकाको नर्कटेस्थित भागीमान लिम्बूको घरमा फागुन १५ गते बिहान ३ बजेतिर मादकपदार्थ सेवन गरेका ६ जनाले आक्रमण गरेका थिए।लिम्बूको घरमा वैवाहिक कार्यक्रम सकिएर सुतिसकेको अवस्थामा बिहान भएको घटनामा ४ जना घाइते भएका थिए।

लिम्बूको २३ वर्षीया सम्झना लिम्बू र नुवाकोटका सुदीप राईबीच वैवाहिक कार्यक्रम भएको थियो। बिहेको कार्यक्रम समापन भइसकेपछि मुस्कान लिम्बू नेतृत्वको समूहले घरेलु हतियार खुकुरी, भाला, रड, दाउरालगायतले आक्रमण गरेको थियो।प्रहरीले हाल २९ वर्षीय मुस्कान र २० वर्षीय विश्वास चेम्जोङलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले मुस्कानलाई सुन्दरहरैँचा नगरपालिका–१२ र विश्वासलाई केराबारीबाटै नियन्त्रणमा लिएको हो।

त्यसैगरि, घटनामा संलग्न केराबारी–७ का २२ वर्षीय विशाल लिम्बू यसअघि नै पक्राउ परिसकेका छन्।२ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा अदालतको आदेशबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। घटनामा संलग्नविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग र चोरी एवं डाँका मुद्दा चलाएको थियो।घटनामा संलग्नमध्ये केराबारी–७ का २४ वर्षीय निशान लिम्बू, २७ वर्षीय चिनो लिम्बू, केराबारी–१० का २९ वर्षीय भाइराजा सुब्बा र सुनसरीको धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय नगेन बुढाथोकी फरार छन्।

विवाह कार्यक्रमपछि भएको आक्रमणमा बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका थिए। घाइतेमध्ये भागीमानको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरीले बताएको छ।आक्रमण गरेको समूहल विवाहका क्रममा ‘साउण्ड सिस्टम’ बजाएर नाचगान गर्न दबाव दिएपछि विवाद सांघातिक आक्रमणतर्फ उन्मुख भएको प्रहरीको भनाइ छ।सो क्रममा बेहुलीको नाममा जम्मा भएको २ लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटेर आक्रमणकारी फरार बनेको पीडित परिवारको आरोप रहेको छ।

बेहुलीको पाँच तोलाजति सुन र चाँदीका विभिन्न गहना तथा एक ठाउँमा जम्मा गरेर राखेको नगद लुटेर आक्रमणकारी भागेका थिए। घटनामा लुटिएको नगद र गरगहनासहित गरेर ८ लाख ४६ हजार पाँच सय ४० रुपैयाँ बराबरको बिगो मागदाबी पनि गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]