०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०१, २०७८

काठमाडौँ । अमेरिकामा जोनसन एण्ड जोनसनले बनाएको कोरोनाको खोप स्थगित गरिएको छ

अमेरिकामा अहिलेसम्म जोनसनले बनाएको ६८ लाख खोप लगाइएकोमा अहिलेसम्म ६ जनामा डिमागमा रगतको थक्का जमेको पाइएपछि यस बारेमा अनुसन्धान गर्न हाललाई खोप नलगाउने निर्णय गरिएको हो ।

अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) ले अस्थायी रुपमा जोनसनको खोपमा रोक लगाइएको जानकारी दिएको छ । एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा जोनसनको खोप लगाएर दिमागमा रगतको थक्का जमेर एक जनाको मृत्यु भएको र अन्य पाँच जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ । सबै ६ जना महिला भएको र उनीहरुको उमेर समुह १८ देखि ४६ बर्ष रहेको छ । उनीहरुलाई खोप लगाएको ६ देखि १३ दिनमा यस्तो लक्षण देखिएको हो

एफडीएले सबै राज्यलाई हाललाई अस्थायी रुपमा जोनसनको खोप लगाउन रोक्न निर्देशन दिएको छ ।

अमेरिकी औषधी निर्माता कम्पनि जोनसन एण्ड जोनसनले यो खोप बेल्जियममा बनाएको हो । सामान्य फ्रिजमा राख्न सकिने यो खोप कोरोनाविरुद्धको एक डोज लगाए पुग्ने एक मात्र खोप हो ।

अमेरिकी वरिष्ठ भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले जोनसनको खोपको प्रयोग अनुमति रद्ध गर्ने बारे अहिले नै कुनै निर्णय गर्नु हतार हुने बताएका छन् । निकै कम प्रतिशतमा मात्र यस्तो लक्षण देखिएकाले अहिलेनै हतार गरेर निर्णय गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

उनले यस बारेमा नियमन एजेन्सीहरुले अनुसन्धान गरेर थप निर्णय लिने बताएका छन् ।एस्ट्राजेनेकाको खोपमा पनि यस्तै समस्या देखिएपछि युरोपका देशहरुमा समस्या आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]