२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

काठमाडौं – आपराधिक कार्यमा संलग्‍न भएको आरोपमा तीनजना पक्राउ परेका छन्। महाजगञ्‍ज वृत्तबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका-९ घर भई बूढानीलकण्ठ बस्‍ने ३४ वर्षीय नीमा लामा, नुवाकोटको ताँदी गाउँपालिका-२ घर भएका २८ वर्षीय प्रकाश तामाङ र धादिङको रोराङ नगरपालिका-२ घर भएका ३१ वर्षीय विनोद लामा छन्।उनीहरुले हो-हल्ला गर्दै सर्वसाधारण मानिस तथा महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ। अश्लील गालीगलौज गर्ने, डर त्रास देखाउने गरेको भन्‍ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]