०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

रूपन्देही – रूपन्देहीको कालिका मानविज्ञान विद्यालयका प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।

नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण प्रवेश गरेसँगै समुदाय स्तरमै पुगेकाले विद्यालय, शिक्षक र विद्यार्थी संक्रमणको उच्च जोखिममा रहेको भन्दै विद्यालय बन्द गरिएको हो । रूपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो विद्यालयका शिक्षक, विद्यार्थी कोरोना संक्रमणमा परेपछि संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए ।

प्रअ ज्ञवालीले भने, ‘म आफैं संक्रमणमा परेर आइसोलेसनमा बसेको छु । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालय बन्द गरिएको हो ।’प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परीक्षा सञ्चालन भइरहेका कारण थप ३ दिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत चलाउने निर्णय भएको छ ।रूपन्देहीलगायत विभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ ।प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेस गर्दै आएको छ । केही दिनयता विद्यालय स्तरमा कोरोना संक्रमणको संख्या बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

संक्रमण रोक्न सबैको सजगता र सचेतना आवश्यक रहेको बताउँदै डा. गिरीले सरकारले निर्धारण गरेका जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नरहेको जानकारी दिए ।रूपन्देहीको लुम्बिनी प्रादेशिक अस्तालद्वारा सञ्चालित बुटवलको धागो कारखानामा रहेको कोराना विशेष अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीय पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ की ७९ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

तिलोत्तमाकी संक्रमित महिला २१ चैतमा कोरोना रिपोर्ट पोजेटिभ भएपछि २३ चैतमा कोरोना अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ ।यस्तै, कपिलवस्तुका संक्रमित पुरुषको २७ चैतमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने उनलाई सोही दिन नै कोरोना अस्तालमा भर्ना गरिएको थियो ।

अर्घाखाँचीकी संक्रमित महिलाको पनि २७ चैतमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन कोरोना अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समयमा रूपन्देहीमा कोरोना संक्रमित बढेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]