काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउँदै छ।
याे उमेर समूहका जनतालाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाउने तयारी गरिएकाे मन्त्रालयले जनाएकाे छ।मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।