२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ३०, २०७७

बीबीसी – अमेरिकाको मिनिसोटा राज्यमा प्रहरीले गोली चलाउँदा कालो वर्णका एक व्यक्तिको मृत्यु भएपछि स्थिति असामान्य बनेको छ ।

मिनियापोलिसको उत्तरी क्षेत्रमा अवस्थित ब्रुकलिन सेन्टरको ट्राफिक स्टपमा प्रहरीले काला वर्णका ती व्यक्तिमाथि गोली प्रहार गरेका जनाइएको छ ।मृत्यु हुने ती व्यक्ति २० वर्षीय डाउन्ट राइट रहेको बताइएको छ । गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको समाचारमा उल्लेख छ । ब्रुकल्याण्ड सेन्टरस्थित प्रहरी मुख्यालयबाहिर सयौं प्रदर्शनकारीले नारा लगाएका बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ‘स्टर ग्रिनेड’ प्रहार गर्नुका साथै कफ्र्यु लगाएको जनाइएको छ ।

प्रदर्शनकारीले प्रहरीको दुई सवारीसाधनमा ढुंगामुढा गरेका जनाइएको छ । केही क्षेत्रमा लुटपाटसमेत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरीले एक विज्ञप्ति जारी गर्दै डाउन्ट राइटले ट्राफिक नियम उल्लंघन गरेको र उनलाई पक्राउ गर्न खोज्दा घटना घटेको जनाएको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उनी पुनः आफ्नो सवारीमा छिर्न खोजेपछि उनलाई एक प्रहरीले गोली प्रहार गरेका थिए ।

अर्का काला अमेरिकी जर्ज फ्लोयडको हत्याका विषयमा बहस भइरहँदा भएको यो घटनाले मिनियापोलिसको अवस्था तनावपूर्ण बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]