२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २७, २०७७

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ८६८ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जारी गरेको शुक्रवारको पहिलो विज्ञप्तिमा कास्की जिल्लामा मात्रै १० जना कोरोना संक्रमित थपिएका हुन् ।लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा लि पोखरामा गरिएको परीक्षणबाट कास्कीको पोखरा महानगरपालिका वडा २, ८, ९, १२, १४ , १६ र १७ मा कोरोना पुष्टि भएको हो ।

त्यस्तै,निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिमा तीन जिल्लाका ३० जनामा संक्रमणको पुष्टि भएको उल्लेख छ।क्षयरोग उपचार केन्द्र , पोखरामा गरिएको परिक्षण बाट कास्कीमा २६, बाग्लुङमा ३ र म्याग्दीमा १ गरी कुल ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका र आइसोलेसनमा व्यबस्थापन गर्ने तयारी भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]