भारतका सुपरस्टार क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पछि अस्पताल भर्ना भएका तेन्दुलकर बिहीवार डिस्चार्ज भएका हुन् ।
४८ वर्षीय तेन्दुलकरले सामाजिक संजालबाट आफू अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् अस्पतालबाट डिस्चार्ज भएपनि तेन्दुलकर घरमै थप केहि समय आईसोलेसनमा बस्ने छन् ।कोरोना देखिएपछि उनी गत अप्रिल २ मा अस्पताल भर्ना भएका थिए ।